गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखा,साउन १३-

गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै छ। प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केही समय लाग्ने उनको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी छ। फाइल तस्बिर