सिमराको फोहोर नगरपालिकाको मुख्य गेटमा

  • एस.एस. पटेल, बारा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा उपमहानगरपालिकाले फोहोर नउठाए पछि युवाहरुले सिमरा बजार क्षेत्रमा रहेको फोहोर उपमहानगरपालिकाको मुख्य गेटमा थुपारि दिएका छन् ।

उपमहानगरपालिकालाई बारमरार फोहोर उठाउन भन्दा पनि फोहोर नउठाई दिदा युवाहरु आज मंगलबार रिसले बाटोको फोहोर नगरपालिकाको गेटमा लगेर फाल्ने योजना बनाएका थिए । सिमराका युवाहरूले मंगलबार फोहोर एक ट्याक्टरमा लोड गरि नगरको अगाडि फालेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाले महिनौ दिखी फोहोर व्यवस्थापन गरेको छैन । डम्पिङसाईको अभावले गर्दा फोहोर उठ्न नसकेेको भन्दै महिनौ देखि फोहोरले सहरनै दुर्गन्धित भन्दै गएको छ ।