भाद्र २१ गते ।
बाराको जीतपुरमा हुने बृहत् गणेज चतुर्थि महोत्सवको तयारी पुरा भएको छ । शनिवार बिहान ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थि पुजा शुरू हुने भएको छ ।
पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो वर्ष २६१ किलोको लड्डु भोग लाग्ने छ । भाद्र २२ गते शनिवारको दिनबाट पुजा शुरू भएर ७ दिन सम्म चल्ने पुजा समितिले जनाएको छ ।
पुजा हुने स्थानमा दिनहु साझ विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम समेत हुने छ । बृहत् पुजालाई भव्य बनाउनका लागि पुजा हुने स्थानमा विभिन्न मनोरञ्जकका खेल सहित बालउध्दान खेल समेत लगाईएको छ ।
कार्यक्रमलाई मधेस सरकारका बन तथा वातावरण मन्त्री त्रिभुवन साहले गणेश भग्वानको मुख खोली शुभारम्भ गर्नुहुने छ ।




