गुठि संस्थानको कर अब जीतपुरसिमराको आफ्नै वडा कार्यालयहरूमा बुझाउन सकिने

बारा, कार्तिक १ गते ।

निजी जग्गाको हकमा गुठि संस्थानमा बुझाउदै आईएको कर अब जीतपुरसिमरा भित्र बुझाउन सकिने भएको छ । हाल सम्म गुठि संस्थानले बुझ्दै आएको कर अब उपमहानगरको वडामा बुझाउन सकिने छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक एन २०८१ को दफा ३ को व्यवस्था अनुसार आर्थिम वर्ष २०८१/२०८२ देखी गुठि संस्थानको कर उपमहानगरले संकलन गर्ने निर्णय गरिएको हो ।

उपमहानगरको यो निर्णयले गुठिको कर तिर्न विरगञ्ज जाने बाध्यताबाट नगरका बासिन्दाहरू छुटकारा पाएका छन् । यस भन्दा अघि उपमहानगरका बासिन्दाहरू गुठिको कर तिर्न विरगञ्ज जान पर्ने बाध्यता थियो ।

हाल उपमहानगरले गरेको निर्णयले जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाहरू आफ्नै वडामा गएर गुठिको जमिनको कर तिर्न सक्ने छन् ।