टिभिएसको स्ट्राइकर १२५ मोटरसाईकल पुन: बजारमा, गरियो रि-लन्च

बारा, जेठ १९ गते ।

डिसकन्टिन्यु गरिएको टिभिएस कम्पनीको स्ट्राईकर मोटरसाईकल पुन: रि-लन्च गरिएको छ । बाराको जीतपुर स्थित रहेको टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नमा स्ट्राईकर १२५ मोटरसाईकल सार्वजनिक गर्दै पुन: बजारमा आएको बताइएको हो ।

स्ट्राइकर १२५ मा स्टाइल र सुविधा दुबैलाई ध्यानमा राखिएको छ। टिभीएसको लोकप्रिय कम्युटर सेग्मेन्टमा यो बाइक नयाँ लहरको सुरुआत भएको जगदम्बा मोटर्सलेले बताएको छ ।

स्ट्राईकर १२५मा स्टाइलिश ड्युल-टोन फ्रेमसहितको क्लासमै उत्कृष्ट क्षमताको फ्युल ट्याङ्क, एलईडी ब्याकलिट डिजिटल स्पिडोमिटर, इको स्मार्ट इन्जिन, २४० मिमी रोपेटल डिस्क ब्रेक र ट्युबलेस टायर, आरामदायी स्प्रिङ सस्पेन्सन, इन्टेलिजेन्ट ब्राइट हेडल्याम्प, एलईडी टेल ल्याम्प, स्टाइलिश PDC फुटरेस्ट लगायतका फिचरहरू छन्।

बाइकको माइलेज ६७ किमी प्रति लिटरसम्म रहेको उल्लेख गरिएको छ। स्ट्राईकर मोटरसाइकलमा १२४.५३ सिसी क्षमताको ४-स्ट्रोक, एअर कूल्ड, SOHC, SI इन्जिन रहेको छ जसले ११.१५ PS @8000 RPM पावर र १०.८ न्यूटन मिटर @6000 RPM टर्क उत्पादन गर्दछ। बाइक इलेक्ट्रिक र किक स्टार्ट दुवै विकल्पमा उपलब्ध छ। यसमा ४-स्पीड कन्ष्टन्ट म्यास गियरबक्स, १४.५ लिटरको फ्युल ट्याङ्क, कास्ट एलो व्हील, फ्रन्टमा २४०एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्रेक राखिएको छ। बाइकको अधिकतम गतिको क्षमता प्रति घण्टा ९५ किमि रहेको छ।

हाल टिभीएस स्ट्राइकर १२५ को रेड र ब्लु रंगमा मात्र उपलब्ध छ। यसको बजार मूल्य रु. २,४७,९००/- कायम गरिएको छ।