एस.एस. पटेल, बारा, जेठ २७ गते ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छ । महासंघको बारा शाखाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रक्तदान, आँखा चेकजाँच शिविर कान चेकजाँच शिविरको आयोजना गरेको हो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रगत दान गरेका थिए भने १०५ जनाले आँखा शिविरबाट आँखा चेकजाँच र कान चेकजाँच शिविरबाट ४५ जनाले कान चेकजाँच गरेका थिए ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाराका अध्यक्ष जितन ठाकुरको अध्यक्षतामा सम्पन्न भएको रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य देवनारायण थारु रहनु भएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष अध्यानन्द पाण्डे, जीतपुरसिमरा उपमहानगरपालिका २४ का वडा अध्यक्ष सुल्तान अंसारी, जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता लयातको उपस्थिति रहेको थियो ।




