महोत्तरीमा पत्नी हत्या आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

महोत्तरी, चैत ११ गते ।

महोत्तरीको भंगाहा–९ हरिहरपुरमा आफ्नै पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औराही–२ चेपकट घर भई हाल हरिहरपुर बस्दै आएका ४२ वर्षीय बिरेन्द्र सदा रहेका छन्।

उनले आफ्नी ३७ वर्षीया पत्नी अनिता देवी सदाको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कञ्चनबनबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाको कारण र विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।