सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत १२ –

नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।