स्कारपियोको ठक्करबाट धनुषामा एक महिलाको मृत्यु

जनकपुर

धनुषाको ढल्केबर–जनकपुर सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपहीचोकमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ९०६३ नम्बरको स्कारपियोले स्कुटरलाई ठक्कर दिँदा स्थानीय ३० वर्षीया पुनम साहको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइए पनि चिकित्सकले बाटोमै मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।मृतकको शव अहिले परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक विराटनगर महानगरपालिका ७ का ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।