बाराको कलैयाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित सुईजन्य लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका-१० सनिचरेमठस्थित सीमा इलाकाबाट उक्त लागूऔषध बरामद गरेको हो।
सुरक्षा टोलीले जाँचका क्रममा पाँच सय पिस डाइजेपाम इन्जेक्सन, एक सय ९५ पिस बुप्रेलिनर्फिन इन्जेक्सन, तीन सय पिस नुफिन बुप्रेलिनर्फिन इन्जेक्सन र पाँच सय पिस प्रोमेथार्जिन हाइड्रोक्लोराइड इन्जेक्सन फेला पारेको छ।
बरामद गरिएका प्रतिबन्धित लागूऔषधलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।






