जीतपुरसिमरामा लैङ्गकि हिंसा विरूद्धको १६ दिने अभियान शुरू

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा “घरबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ लैङ्गकि हिंसा विरूद्ध १६ दिने अभियान शुरू भएको छ । अभियानमा लैङ्गकि हिंसा विरूद्ध प्रतिबद्धता हस्ताक्षर गराईने छ ।

मंसिर ९ गते बिहिवार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा औपचारिक कार्यक्रमको आयोना गरि अभियानको शुरूवात गरिएको हो । अभियानमा नगरको वडाहरूमा लैङ्गकि हिंसा विरूधको जानकारी, जनचेतना मुलक प्रशिक्षण संगै लैङ्गकि हिंसा संबंधि नाटकीय ड्रामा समेत प्रस्तुत गरिने जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सरस्वती देवी चौधरीले बताउनु भयो ।

नगर उप-प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी मनोजित कुंवर विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडाका महिला जनप्रतिनिधि, नगरका कार्यपालिका सदस्यहरू लगायत नगरका कर्मचारीहरूको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण जीतपुरसिमरा उपमहानगरपालिकाका महिला तथा बालबिकास साखाका प्रमुख सिमा यादवले गर्नुभएको थियो ।