नगरको ६० लाख बजेटबाट जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलान हुदै

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलानको शिलान्यास सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले सो सडक ढलानको शिलान्यास गर्नुभएको हो ।

नगरको १० लाखको बजेटबाट जीतपुरको रामटोल र नगरकै ५० लाखको बजेटमा चौधरी टोलमा निर्माण हुन लागेको सो सडकले उक्त टोलका सर्वसाधारणहरूलाई सहज हुने उपमहानगरकी उपमेयर चौधरीको भनाई छ । आज सोमबार शिलान्यास गरिएको सदकको छेउछाउमा पहिला पनि नगर र वडाको बजेटबाट नाला र सडक समेत निर्माण भैसकेको छ ।

रामटोलमा १० लाखको बजेटबाट १६३ मिटरको सडक ढलान भैरहेको छ भने चौधरी टोलमा ५० लाखको बजेतबाट ६९३ मिटरको सडक ढलान हुदैछ ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, समाज सेवी तथा युवा नेता राजुराज गिरि, सीता उप्रेती, युवा नेता सुनिल गुप्ता र मनोज कुमार साह, युवा नेता कपुरपुरी लगायतको उपस्थिति रहेको थियो ।