- एस.एस. पटेल, बारा ।
प्रदेश नम्बर २ को नाम “मधेस” कायम भएको छ । भने स्थायी राजधानी जनकपुर कायम भएको छ ।
जनकपुरधामस्थित प्रदेशसभामा आज प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीका लागि भएको मतदानमा दुई तिहाइ सदस्यहरुले “मधेस” नाम र स्थायी राजधानीको लागि जनकपुरको पक्षमा मतदान गरेसँगै प्रदेश नम्बर २ को नाम “मधेस” राजधानी जनकपुर कायम भएको हो ।
प्रदेश नम्बर २ का सभामुख सरोज यादवका अनुसार जसपा, लोसपा र माओवादी केन्द्रको संयुक्त प्रस्ताव ‘मधेस प्रदेश’ को नामका लागि ९९ सदस्यले गरेको मतदानमध्ये ८० जनाले पक्ष र १९ जनाले विपक्षमा मतदान गरेका छन् । प्रदेश नम्बर २ मा रहेका १ सय ४ सदस्यमध्ये ८० जनाले “मधेस प्रदेश” नामको पक्षमा मतदान गरेपछि दुईतिहाइको बहमतले “मधेस” नाम पारीत भएको सभामुख यादवले जनाए ।
तेसैगरि प्रदेश नम्बर २ को राजधानी पनि दुईतिहाइको बहुमतले जनकपुरधाम घोषित भएको हो । जनकपुरलाई राजधानी बनाउनका लागि भएको मतदानमा ७८ जनाले पक्षमा र १२ जनाले विपक्षमा मतदान गरेका थिए ।




