- एस.एस. पटेल, बारा ।
विरगञ्जबाट जनकपुर जादैगरेको बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा किरब दुई दर्जन भन्दा बढि घाइते भएका छन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा दुर्घटना भएको हो ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् । मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ । घाइतेहरुको संख्या पनि अहिले यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर भएकाहरुलाई रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको बताइए पनि यर्थात् जानकारी आउन सकेको छैन् ।




