- चितवन, साउन १६-
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । चितवनमा गय रातीदेखि लगातार पानी परिरहेको छ ।



