- गुल्मी, साउन २२-
गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रकाउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



