- जानकारी नेपाल, डेस्क ।
देश व्यापीरुपमा व्यवसायीक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतीको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सिमरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
सिमरा सगै भायानेटले परवानीपुरमा पनि आफ्नो नयाँ शाखाको उद्घाट गरेको छ । सिमराको एयरपोर्ट रोडमा रहेको सिमरा विजनेस सेन्टरमा भायानेटले आफ्नो शाखाको कार्यालयको उद्घाटन गरेको हो । कार्यालयको उद्घाट भायानेटको मधेश प्रदेशको सेल्स म्यानेजर पवन अधिकारीले रिविन काटेर गर्नुभएको थियो । त्यस्तै परवानीपुर शाखा भने निराधान माईक्रो फाइनेन्स छेउमा खोलिएको छ ।
आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दाबढी च्यानल भएको भायाटिभीको मज्जालिन पाउनेछन् ।
यसैसन्दर्भमा परवानीपुर र सिमरामा सेवा विस्तार भएको खुशीयालीमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकहरुले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि मात्र ल्याएको छ।
भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरक गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरू सँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा सँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा छ।
#Vianet




