- एस.एस. पटेल, बारा ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर ३ बजनीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका थिए ।
विगत एक महिनादेखि श्रीमतीको हत्या गरेर फरार रहँदै आएका बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीका ५६ वर्षीय हरि बहादुर कार्कीलाई पक्राउ गरेका हुन । कार्कीले गत बैशाख ९ गते राति आफ्नो श्रीमतीलाई ईंट्टाले प्रहार गरि हत्या गरेका थिए ।
धबार जितपुरसिमरा उपमहानगरपालिका – २ बाट लुकिछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका कार्की माथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।





