बारामा आफ्नैं श्रीमतीको हत्या गरेको अभियाेगमा श्रीमान सहिँत दुई जना प्रहरी नियन्त्रणमा

कलैया, १७ भदाै ।

बारामा आफ्नैं श्रीमतीको हत्या गरेको अभियाेगमा श्रीमान सहिँत दुई जनालाई प्रहरीले  नियन्त्रण लिएकाे छ । जिल्लाकाे महागढीमाई नगरपालिका  वडा नं.३ निवासी भोला मियाँको छोरा ३० वर्षिय सयमोदिन अंसारिले आफ्नैं श्रीमती सहना खातुनलाई कर्तव्य गरि मारेको आंशाकामा प्रहरीले पक्राउ गरि सोधपुछ गरेकाे हाे ।

सयमोदिन अंसारि सँगै उनको भाउजू अफसना खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि  बढाईएको बाराको प्रहरी  उपरीक्षक  होबिन्द्र बोगटीले जानकारी दिनुभयो । राती घरमा खाना खाएर  सुतेको अंसारी र उनकी पत्नी सहाना खातुन  भोलि बिहान उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, बाराको अपराध अनुसन्धान  बिभागका प्रहरी निरीक्षक रुद्र कँडेलको कमान्डमा खटेको प्रहरी टोलीले घटनाको बिषयमा स्थलगत अनुसन्धान गरि मुचुल्का गरेकाे थियाे । मृतकको हत्या कसरी भएको भन्ने अहिले सम्म खुल्न सकेको  छैन । मृतक खातुनको बिवाह अंसारी सँग बिगत पाँच महिना अगाडि मात्र भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतकको घाँटी सुनिएको, निलडाम, टाउकोमा चोट लागेको अवस्थामा प्रहरीले  बिहिवार शव बरामद गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल कलैयाको चिकित्सकले मृतक खातुनको पोष्टमार्टम गर्न नसकिने भए पछि पोष्टमार्टमको लागि उनकाे शव त्रिभुवन बिश्व बिधालय शिक्षण अस्पताल, काठमाण्डौंमा पोष्टमार्टमको लागि पठाईएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

यता प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट  सुनिल जैसवालले खातुनको मृत्यु के कारणले भएको चिकित्सकले यकिन गर्न नसकेको कारण शव पोष्टमार्टमका लागि उता पठाइएको बताउँनु भयो । मृतकको शव पोष्टमार्टमको लागि बिहिवार बेलुका फोरेन्सिक रिपोर्टको लागि काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।