सिरहा, १७ भदाै ।
सिरहामा करेन्ट लागेर बाबु र छोराको ज्यान गएको छ । जिल्लाकाे गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षिय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर जिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागे पछि उनलाई बचाउँन पुगेका छोरा अमरलाई समेत करेन्ट लागे पछि दुबै घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




