सत्ता गठबन्धन भत्कियो, जसपा २५ सिट लिएर एमालेसंग मिल्ने

असोज २१, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको सिट बाँडफाँटबारे छलफल भएको छ।

बालुवाटारमा जारी सत्ता-गठबन्धनको बैठक छाडेर बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो।

मधेश प्रदेशमा जसपा र एमालेले आधा-आधा सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ। छलफलमा ओलीले मधेशका ३२ सिटमध्ये १६ र अन्य प्रदेशमा ९ गरी २५ सिट जसपालाई दिने प्रस्ताव गरेको स्रोतले बताएको छ।

गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि अध्यक्ष यादवले एमालेसँग चुनावी तालमेलको गृहकार्य थालेका हुन्।