बारा, २६ असोज ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा बुधबार एकै परिवारको तिनजनाको हत्या गरिएको हो । उनीहरुको शवखोलाको किनार नजिकैबाट फालिएको अवस्थामा भेटिएको हो।
हत्या हुनेमा आमा र दुइ छोराछोरीको रहेको प्रहरीले जनाएको छ । प्रस्टोका गाँउ भन्दा करिब २ किलोमिटर टाँढाको ढोरा खोलाकोकिनारमा आज बुधबार दिउँसो साढे २ बजे तिर प्रस्टोका टोलकै दिपेन्द्र चौधरीकी पत्नि २५ बर्षिया सुजता चौधरी, उनकी छोरी ३ बर्षकीताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरीले जानाएको छ ।
विभत्स तरिकाले हत्या गरि फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपपरिक्ष होविन्द्र बोगटीलेबताउनु भयो ।
घरमुली दिपेन्द्रले पत्नि सुजाता र दुइ छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ । पत्नि र छोराछोरीको हत्या गरि फरार भएकादिपेन्द्रलाइ प्रहरीले घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पतालमा भर्ना गरेको छ ।
पत्नि र छोराछोरीको हत्या गरि भाग्ने क्रममा दिपेन्द्र लडेर घाइते भएको हुन सक्ने प्रहरीको आशंका छ । उनको वीरगञ्जस्थित एलएसन्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले बताए । यस बारे अनुसन्धान भइरहेको बताए ।




