जनताको विश्वासलाई टुट्न दिन्न बारा ४ (क) उम्मेदवार: सन्तोष कुशवाहा

बारा, कार्तिक ०२ गते ।

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने  बताएका छन् ।

बाराको जीतपुरसिमराका गाउँहरूमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कुशवाहाले भने, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न” उनले भने ।

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले अब देशको नेत्रित्व युवाहरूले गर्नु पर्ने धारणा राख्दै युवाहरूलाई राजनीतिमा सबैले सहयोग गर्नुपर्नु समय आएको बताए ।

कुशवाहा बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदमा लौरो चुनाव चिन्हबाट निर्वाचन लडिरहेका छन् ।