बारामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

एस.एस. पटेल, बारा

बारामा ट्रायाक्टर पल्टिदा एक जनाको मृत्यु भएको जिल्लाको पचरौताबाट धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टरपल्टिदा आज बुधवार साँझ चालकको मृत्यु भएको हो

खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको प्रहरीलेजनाएको

मृत्यु हुनेमा सुवर्ण गाँउपालिका बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।पचरौता नगरपालिका स्थित नहरको बाटो नजिकप्र ०३००१ ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए