२५ गते, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा हाम्रो नेपाली पार्टीले बृहत घरदैलो गरेको छ। सयौ वडावासीको उपस्थितिमा जीतपुरको टोलटोलमा आजको घरदैलो कार्यक्रम गरेको हो ।
बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहा सहित उनको सयौं समर्थकहरूको सहभागीतामा घरदैलो सम्पन्न गरेको छ ।
आफ्नो चुनावी प्रतिबद्दता पत्रमा शिक्षा , स्वास्थ्य , फोहोर व्यवस्थापन , व्यवस्थित पार्किङ्ग जस्ता बिषयलाई पनि समावेश गरेका छन्। बृद्ध बा, आमाको आशिर्वाद, युवाहरुको उत्साह, लौरो चुना चिन्हप्रतिको जनलहर र पछिल्लो पाँच वर्ष जनप्रतिनिधिको रुपमा नरहेपनि निरन्तर जन भावना अनुरुप काम गरेकाले आफ्नो जित सुनिश्चित भएको कुशवाहाले बताउनु भयो।




