बारा, मंसिर १ गते ।
बारा क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले बारालाई लौरोमय बनाएका छन । जिवनको पहिलो चुनावी मैदानमा उत्रिएका सन्तोषको २ हजार भन्दा बढि समर्थक सडकमा आएर आज शक्ति पदर्शन गरेको छन् ।
परिवर्तनको संकेतको रुपमा चिनिएका सन्तोषको चुवान चिन्ह लौरो बारामा निकै चर्चामा छ । देश बदलने अभियानमा रहेको सन्तोष जिवनको पहिलो चुनावी मैदानमा उत्रिएर दुई ठुला पार्टीलाई सकस बनाएका छन् ।
करिब ५३ हजार मतदाता रहेको बारा क्षेत्र नम्बर ४ (क) मा लौरोले मात्र २५ हजार मत ल्याउने अनुमान गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई टकर दिदै सन्तोष लौरो बोकेर अघि अघि छन् ।
आज सडकमा २ हजार बन्दा बढि समर्थक देखेर अन्य पार्टी सहित जनताहरु चकित भएका थिए । मतदाता संग प्रत्यक्ष बुझ्दा लौरो को जित सुनिश्चित रहेको बताउछन् ।




