मुलुकी अपराधको आरोपमा राजेन्द्र महतोलाई २५ वर्षको कैद सजाय माग गर्दै सर्वाेच्चमा रिट

नवन्युक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गिरए छ ।

महतो विरूद्ध कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुर मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि महतो विवादमा तानिनुभएको थियो ।