- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा घरको पर्खाल खस्दा एक १८ महिने बालिकाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका प्रवेज देवानकी १८ महिने छोरी अर्फा खातुनको पर्खाल खस्दा चेपिएर टाउकोमा चोट लागि गम्भीर घाईते भएकी थिन ।
आईतबार बिहान करिब ९ बजे पर्खालमा थिचिएर गम्भीर घाईते भईकि बालिकालाई उपचारको लागि सिमरा स्थित तेराई अस्पतालमा लागिएको थियो तर त्याहा उपचार सम्भव नभएका कारण विरगञ्ज स्थित नारायाणी वयोध्या अस्पतालमा लगिदै गर्दा बिहानै करिब १० बजे बाटोमै मृत्यु भएको परिवारीक स्रोतले जनाएको छ ।




