बाराको जीतपुरबाट लाषुऔषध सहित शारूख खान पक्राउ

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा लाषुऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरको टोलीले जीतपुरस्थित टेढा रोडबाट २ जनालाई लाषुऔषधसहित पक्राउ गरेको हो ।

विरगञ्ज महानगरपालिका वडा नम्बर १७ बस्ने २१ वर्षीय शारुख खान मिया १०० एमएलको वनरेक्स २३२ बोतल लागूऔषधसहित पक्राउ परेका हुन । पर्साको वदन नगरबाट बाराको जीतपुर पस्ने क्रममा जीतपुरको टेढा रोडमा वि.आर.२२डि ४१४४ नम्बरको मोटरसाईकलमा लाषुऔषध बोरामा लुकाईछिपाई लैजादै गरेको अवस्थामा मिया शनिबार बिहान ३ बजे पक्राउ परेका हुन ।

त्यसैगरि विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का २५ वर्षिय ग्यासुदिन मिया पनि ७५ पिस नाइट्रो भेट र ५ बोतल बिम्से रेक्स नामक सिरफ सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख किषण देव सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय सिमरा पठाई थप अनुसान भईरहेको सिंहले बताउनु भयो ।