जीतपुरसिमरामा साउन १ गतेबाट प्लाष्टिकको झोला प्रयोग गर्न नपाईने

  • एस.एस. पटेल, बारा ।

वातावरणीय प्रदुषण न्युनिकरण गर्न साउन १ गतेबाट बाराको जीतपुरसिमरा उपमहानगरले प्लाष्टिकजन्य झोलामा प्रतिबन्ध लगाउने भएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण रोक्न ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पुर्णरूपले प्रतिबन्ध लगाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनले आर्थिक वर्ष ०७८/०७९ मा प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पुर्णरूपले प्रतिबन्ध लगाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका भित्र पनि साउन १ बाट डिपार्टमेन्ट स्टोर लगायत सबै किसिमको व्यापारीक प्रतिष्ठानमा प्लाष्टिक झोलाको सुतरी, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने ईन्जिनियर अधिकृत पुष्पा सिंहले जानकारी दिनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नौ २४ वटै वडाहरूलाई पत्र लेख्दै आ-आफ्नो वडामा प्लाष्टिकजन्य झोला प्रतिबन्ध लगाउने उपमहानगरको निर्णयलाई कार्यन्वयनमा ल्याउन अनुरोध गरेको छ ।