- एस.एस. पटेल,
चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक भएको छ । चौरसियाको “बाबा चण्डी बस” विश्व भरी एकसाथ युटुव मार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक भएको उक्त भिडियोमा कमेडिले भरिएको डाईलग र स्टोरी छ । भिडियोमा पहाडमा वर्षौ देखि स्वास्थ्य सेवामा कार्यरत एक स्वास्थ्य कार्मी जस्लाई एक बूढो मान्छेले बिना कसुर झुटो बलात्कारको आरोप लगाएर कालोमोसो दलि गाउँ निकाला गरेको सामाग्री कमेडी रूपमा प्रस्तुत गरिएको छ ।
करिव डेढ वर्ष अघि कोरोना भाईरस आएपछि पुर्णरूपले थप्प रहेको फिल्मि क्षेत्र हाल सम्म पनि कोरोनाको कारण पुर्णरूपले प्रभावित छ । डेढ वर्ष देखि क्यामेराको अगाडी अभिनय नगरेको कामेश्वरले आफै स्टोरी लेखी क्यामेरा फेस गर्दै “बाबा चण्डी बस” निर्माण गरेका हुन ।
चर्चित कलाकार कामेश्वर चौरसिया आफ्नै नामको युटुव च्यानल खोलि “बाबा चण्डी बस” सार्वजनिक गरेका हुन । सार्वजनिक भएको भियोलाई रबिन्द्रले क्यामेरामा कैद गरेका छन भने गौशे आजमले भिडियोलाई सम्पादन गरेका छन्न ।
भिडियो लिंक:




