बारामा भोलिबाट निषेधाज्ञा खुकुलो, हेर्नुहोस् के खुल्ने, के नखुल्ने

  • एस.एस. पटेल, बारा ।

बारामा भोलि असार ७ गतेबाट निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर निरन्तर सुधार भएको कारण असार ६ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा असार ६ गते राति १२ बजे सकिन लागे पछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार सबै किसिकको व्यवसाय बिहान ६ बजे देखि दिउसोको ३ बजे सम्म स्वास्थ्यको मापदण्ड पालना गरि व्यवसाय संचालन गर्न प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको अनुसार असार ८ गते बाट सरकारी कार्यालय समेत स्वास्थ्यको मापदण्डको पालना गरि समय र दिन तोकेर संचालन गर्न उल्लेख गरिएको छ । साथै भोलि बाट निजि सवारी पनि जोरबीजोर प्रणालिमा संचालन हुने छ ।

यशअघिको निषेधाज्ञामा खद्यान्न समानको पसल मात्र संचालन गर्न अनुमति दिएको थियो भने भोलिबाट लागू हुने थप संसोधित निषेधाज्ञामा सबै किसिमको पसलहरू संचालन गर्न छुट दिईएको छ ।

नँया संसोधित निषेधाज्ञामा स्कुल र सार्वजनिक सवारि साधन संचालनमा भने पुर्णरूपले रोक लगाईएको छ ।

जारी गरिएको प्रेस विज्ञप्ति: