चितवन, माघ २७ गते ।
चितवन जिल्लाको माडीमा बाघको आक्रमणबाट एक गाईको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर २, सितलपुरमा गएराती पाटेबाघको आक्रमणबाट गाईएको बच्चा (बाच्छी)को मृत्यु भएको हो ।
स्थानीय हठन महतोको परालको टौवा मुनी बाँधेर राखेको अवस्थामा गएराती करिब १२ बजेको समयमा बाघले बाच्छीलाई आक्रमण गरेको थियो । चुरे समुदायिक वनबाट निक्लिएको पाटेबाघले बाच्छीलाई आक्रमण गरेको बुझिएको छ ।
बाघले केहीदिनदेखि गाउँका कुकुरहरूलाई समेत आक्रमण गरी मार्दै आएको स्थानीयहरुले बताएका छन् । यसरी बस्तीमा बाघको आक्रमण भएसंगै थप जनधनको क्षती हुनसक्ने भन्दै स्थानीयहरुमा त्रास छाएको छ ।




