बारा, माघ २७ गते ।
नोटमा रहेका आँखाले देख्न सकिने र लाइटको माध्यमबाट देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ ।
सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छापमा रहेको लालिगुरास फूलको आकृति स्पष्ट रुपमा देखिंदैन ।
सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र जसमा कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको या बांगो हुन् सक्दछ ।
सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन ।
सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन । नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।
सक्कली नोटको अग्र भागमा छापिएको नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको हस्ताक्षर भएको भाग र एकवटा हात्ती भएको पछाडिको भाग हेर्दा स्पष्ट देखिन्छ । नक्कली नोटमा स्पष्ट देखिदैन ।
नोटको अग्र भागमा प्रीन्ट गरिएको नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० एक हजार तुरुन्त पाइने छ, भगवतीको आकृति, तिन वटा गोलाकार थोप्लाहरु छाम्दा नोटको अन्य स्थानमा भएको प्रीन्ट भन्दा केहि माथि उठेको अनुभव हुन्छ । (दृष्टिविहिनहरुले पनि नोटलाई छामेर नक्कली र सक्कली पत्ता लगाउन सकिने विशेषताहरु हुन् । मनिर अंसारीद्वारा लेखिएको जनचेतना मुलक जानकारी ।



