जीतपुरसिमराको नन्दन घ्यु र गणपती वनस्पतिको प्रदुषणले स्थानीयहरू सास्तिमा, न्याय माग्दै पुगे नगरपालिका

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको नन्दन घ्यु एण्ड तेल ईण्डस्ट्रि र गणपति वनस्पति प्रा.ली बाट निस्को प्रदुषणले स्थानिहरू समस्यामा परेका छन् । स्थानिहरू आफ्नो समस्या लिएर प्रदुषण फाल्ने दुबै कम्पनीमा जदा उनिहरूको कुरा कम्पनीले वर्षौ देखी अटेरी गर्दै आएको छ ।

स्थानिहरूको गुनासो कम्पनिले ध्यान नदिदा स्थानिहरू न्याय माग्दै नगरपालिका पुगेका छन् । उद्योगबाट निस्केको धुवा र छाईले घरमा समेत बस्न कठिनाई भएको स्थानिहरूले गुनासो लिएर नगरमा गएका हुन । स्थानिहरूका अनुसार दुबै उद्योगबाट आएको धुवा र छाईले घरको खाना, पानी र कपडा खराब हुनुका साथै स्वास्थमा समेत पनि नराम्रो असर पर्नेगरेको छ ।

उद्योगले मानपरि ढंगले प्रदुषण फाल्दा पनि स्थानिय निकाय मौन बस्दै आएको र स्थानिय जनताहरू गुनासो लिएर तेसको समाधानका लागी वडा कार्यालयमा जादा वडाले गैरजिम्मेवारी पुर्वक जवाफ दिदै आएको स्थानिहरूले बताएका छन् ।

यता स्थानियहरू उद्योगको गेटमा आन्दोलन गर्दा उद्योगले स्थानिहरू संग बारमबार मौखिक सहमति गर्छ तर सहमति अनुसार काम नगरि वर्षौ देखि आफुहरूलाई झुक्याउदै आएको स्थानिय घनश्याम बस्नेतले बताउनु भयो ।

उद्योगको प्रतिनिधिहरूले बारमबार स्थानियहरू संगको सम्झौतालाई कार्यनयन गर्न नसकेपछि नगरपालिकाले उद्योगको मालिकलाई पत्र काट्दै ५ दिन भित्र उपस्थिति हुन निर्देशन दिएको जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले बताउनु भयो ।