जीतपुरसिमरा १४ का जनताले नि:शुल्क रगत पाउने

बारा, जेठ २१ गते ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकालिका वडा नम्बर १४ का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् । वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक परेको बेला रगतको अभाव नहोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी पर्सा बिरगंज संग सम्झौता गर्नुभएको छ । जीतपुरसिमरा १४ का बासिन्दाले निःशुल्क रगत पाउनको लागि सम्बन्धि चिकित्सकको सिफारिस र वडा कार्यालयको सिफारिस लिएर रक्तसञ्चार केन्द्र बिरगंजमा आए पछि निःशुल्क रगत उपलब्ध गराईने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ र रेडक्रसका सभापति वीरेन्द्रराज कंडेलले हस्ताक्षर गरेका छन् ।