बारा, जेठ २२ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ मा जारी प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोट्र्स क्लब बढनिहार बिजयी भएको छ । वन शक्ति क्लब सिद्धपुरलाई सडन डेथमा पराजित गर्दै पर्सागढी स्पोट्र्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको निर्धारित समयमा दुबै टोलीले बराबरी २–२ गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा पनि दुबै टिमले बराबरी गोल गर्दा खेल सडन डेथमा गएको थियो । सडन डेथमा पर्सागढी स्पोट्र्स क्लबले वन शक्तिलाई हराउदै विजयी भएको थियो ।
पर्सागढीका गोलरक्षक दिपेन्द्र चौधरी म्यन अफ द मैच घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले मेडल र नगद १५ सय रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।
्
जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण्डा जेठ २६ गते सम्म संचालन हुने छ । प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजरा धनराशि पुरस्कार पाउने छ । मंगलबार बिरगंज युथ एकेडेमी बिरगंज र साईनिङ युथ एकेडेमी मनहर्वा बारा बिच खेल हुने छ।




