इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्‍यो आजका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं,असोज २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो । शोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि … Read more

इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने

काठमाडौ,असोज २२- सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।

जितिया पर्व आज सकिँदै

धनुषा, असोज २०- मिथिलाञ्चलको महत्वपूर्ण पर्व जितिया आज सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो । मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । सप्तमीका दिन बिहानै नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, … Read more

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली

विराटनगर, असोज १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब … Read more

जनकपुरमा रेलको लिक क्रस गरिरहेको मोटरसाइकललाई रेलले किच्यो, चालक घाइते

जनकपुर, असोज १७ गते । रेलको ठक्करबाट लिक क्रस गरिरहेका एक जना मोटरसाइकल चालक घाइते भएका छन् । जनकपुरबाट जयनगर चल्ने नेपाली रेलको ठक्करबाट मोटरसाइकल किचिएर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । हिजो मङ्गलवार साँझ ७ः३० बजेको समयमा ्जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेलले जनकपुरको सीता चोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकललाई … Read more

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ, असोज १७- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते … Read more

नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

काठमाडौं, असोज ९- नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ … Read more

राजनीतिक नेतृत्वले धोका दिएको जनताले महसुस गरेका छन्ः रवि लामिछाने

काठमाडौँ, असोज ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् । बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस … Read more

हेटौँडामा दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ

हेटौँडा,भदौ २८ । हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई पक्राउ परेका छन् । मकवानपुरके हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा नमबर … Read more

अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

काठमाडौँ,भदौ २८ । बैतडीमा अज्ञात समूहले एक विद्यालयमा आगजनी गरेको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी भएको हो । आगजनी गर्ने समूहले कार्यालयको कोठामा रहेका कागजपत्र जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनु भयो । प्रधानाध्यापक लेखकका अनुसार रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र … Read more