दिनभरको प्रदर्शन र झडपपछि वीरगन्जमा कर्फ्यू
धार्मिक विषयलाई लिएर दुई समुदायबीच बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालयले वीरगन्जमा कर्फ्यू आदेश जारी गरेको छ। दिनभर निषेधाज्ञा लागू हुँदाहुँदै पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएपछि कार्यालयले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू जारी गरिएको जनाएको छ। … Read more