गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

भाद्र १९ गते । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक … Read more

सरकारले जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन

काठमाडौं,भदौ १९- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ … Read more

चितवनको माडीमा जनावरलाई थापेको विद्युतीय पासोमा परेर युवकको मृत्यु

चितवन, भदौ १७- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानिय कृषक शिवनारायण महतो छोरा २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो । विद्युतीय पासोबाट करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । … Read more

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमान्डौ, भाद्र १५ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९–२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा हो। नेकपाले नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ। यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान गरिने नेकपाका नेता … Read more

नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित गरेका छन्। उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई … Read more

बढ्यो सुनको मूल्य

काठमान्डौं, भाद्र १३ गते । सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा बुधवार छापावाल सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई एक लाख १२ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य … Read more

सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले … Read more

आजबाटै लागु हुने गरी बढ्यो अण्डाको मुल्य

चितवन, भदौ १३- लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू … Read more

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, भदौ १०- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी ९बलात्कार० मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको … Read more

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान

काठमाडौं,भदौ ४- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्। … Read more