नेकपा (एस)सहित ५१ दल आयोगको कारबाहीमा, ३९ लाई जरिवाना

काठमाडौं, साउन २– निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले … Read more

थारू इन्डस्ट्रिको चर्चित कम्पनि बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय सिमरामा स्थापना

बारा, असार ३१ गते । थारू ईन्डस्ट्रिको चर्चित म्युजिक एंव फिल्म कम्पनी बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय बाराको सिमरामा स्थापना भएको छ । जी.वि. ईन्टरटेन्मेन्ट नेपाल प्रा.लीद्वारा संचालित वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपाल थारू ईन्डस्ट्रिमा कम समयमा निकै अगाडी बढेको छ । करिब एक वर्ष पहिलाबाट संचालनमा आएको उक्त च्यालनले हाल सम्म ३० भन्दा … Read more

बाराः बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

बारा, असार २९ गते । बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको मुख्य भवनको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका बारे अन्तरकृया … Read more

बाल यौन दुर्व्यवहारको आरोपमा बाराको निजगढबाट एक जना पक्राउ

बारा, असार २९ गते । यौन दुर्व्यवहार आरोपमा बाराको निजगढबाट एक जना पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलबाट यौन दुर्व्यवहारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको हो । प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका मनोज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ … Read more

नेकपा एसले पार्टी छाडेर गएकाको ठाउँमा नयाँलाई ल्याउने

काठमाडौं, असार २९- कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ । पार्टी छाडेर गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिनबारे पनि छलफल हुने बताइन्छ । नेकपा एस … Read more

अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न दिँदैनौंः रवि लामिछाने

काठमाडौँ, असार २९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए। ‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो। प्रतिपक्षीहरू … Read more

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

काठमाडौँ, असार २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । दाहालको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती … Read more

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

काठमाडौं, असार २७– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’ अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा … Read more

जेसिबीको ठक्करबाट बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । Source: Naryani Online

केपी ओलीले भने: एमाले २०८४ मा एक्लै बहुमत ल्याउने मिसनमा छ

काठमाडौँ, असार २६ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको … Read more