कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोट, जेठ २८ गते । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा लु१च ८४९८ नम्बरका जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ … Read more

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने

काठमाडौं,जेठ २८- नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार … Read more

पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी

कलैया, २७ जेष्ठ । शुम आरम्भ पत्रिकाले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान … Read more

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं, जेठ २६– राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दु राष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका … Read more

बाराः २० दिनको नवजात छोराको हत्या गर्ने बाबु पक्राउ

एस.एस. पटेल, बारा जेष्ठ २५ गते । बारामा आफ्नो २० दिनको नवजात बच्चाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् । जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ४ पिप्राढीका २४ वर्षि नुर आलम अंसारीलाई बारा प्रहरीले पक्राउ गरेका हो । नुर आलम अंसारीको श्रीमती कलमा खातुनको कोखबाट गत वैशाख २६ गते जन्मेको छोराको हत्या गरेको अरोपमा … Read more

आज देशका यी ठाउँमा पानी पर्ने

काठमाडौँ, जेठ २४- आज देशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हो । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा … Read more

एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन

काठमाडौँ, जेठ २३— बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो । … Read more

तराईका जिल्लामा आजपनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने

बारा, जेष्ठ २३ गते । तराईका जिल्लामा आजपनि उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् मौसमविद् सजिना शाक्यले बताउनुभयो । लगातारको गर्मीले तराईका जिल्लामा जनजिवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै काठमाडौं … Read more

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी भनेकै १५ वटा राँगा होः ओली

काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । … Read more

राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै … Read more