सुदुरपश्चिम दुर्घटनामा कानुन मन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री र पीएसओ गम्भीर घाइते

कैलाली, असार ५- बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । … Read more

बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जना पूर्पपक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ, असार १– जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई … Read more

सुनकोशी नदी किनारमा एक बालकको शव फेला

सिन्धुलि, असार १ गते । सिन्धुलिको सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको हो । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनु भयो ।

घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

सिन्धुली, असार १– सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको … Read more

घुससहित धनुषाका एक वडाध्यक्ष र सचिव पक्राउ

धनुषा, जेठ ३२ गते । घुससहित धनुषाका एक वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्लाको नगराइन नगरपालिका–२ का वडा अध्यक्ष वुलन यादव र सचिवलाई अख्तियारले नियन्त्रणमा लिएको हो । वडा अध्यक्ष यादव र सचिव अमृत नारायण मिश्रलाई घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए । … Read more

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

मकवानपुर, जेठ ३२ गते । करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। जिल्लको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो। बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै … Read more

नेपालमा मनसुन भित्रने तरखर

काठमाडौँ, जेठ ३१- नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । तर प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । आज मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ … Read more

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठान, जेठ २९- प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले … Read more

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

बाजुरा, जेष्ठ २९ गते । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बाराको जितपुरमा व्यक्तिगत परियोजनको लागि खनियो सार्वजनिक बाटो, निकाय मुखदर्शक

बारा, जेष्ठ २८ गते । बाराको जीतपुरमा व्यक्तिगत परियोजनको लागि सार्वजनिक बाटो खनिएको छ । स्थानियहरुलाई दुख दिने नियतले मोमताज अंसारीले बाटो खनेको स्थानियहरुले बताएका छन् । मोमताज अंसारीका अनुसार आफ्नो निजि जमिन खन्ने क्रममा गल्तिले बाटो खनिएको बताउदै आएका छन्, तर स्थानियका अनुसार अंसारीले जानि जानि आफैले निर्देशन दिएर स्थानियहरुलाई दुख दिने नियतले बटो … Read more