सकियो प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल

काठमाडौं, वैशाख २७- सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल झन्डै साढे एक घन्टा कुराकानी भएको हो । आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख … Read more

जीतपुरसिमराः घरभाडामा बस्नेको फोटोसहितको विवरण वडा कार्यालयमा पेश गर्नुपर्ने

बारा, वैशाख २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले घरभाडामा बसेकाहरुको फोटोसहितको विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्देशिका कार्यान्वयलाई अगाडी बढाएको छ । घर बहाल व्यवस्था निर्देशिका, २०७९ मा जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र भित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा, घरजग्गा र सोको लगापात वा जग्गा निश्चित समयको लागि … Read more

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं, वैशाख २७– राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका … Read more

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं, वैशाख २६- पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ । इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले … Read more

पर्साबाट २४ लाख बराबरको पशुचौपाया सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, वैशाख २६ गते । पर्साबाट ठूलो मात्रामा पशुचौपायालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रिएका ६५ वटा पशु चौपायालाई सशस्त्र प्रहरीले पर्साले पर्साको विभिन्न ग्रामिण क्षेत्रहरुबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको चौपायाको मूल्य २४ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी उपरिक्षक सुमन … Read more

जीतपुरसिमरा उपमहानगर र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल

बारा, वैशाख २५ गते ।  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहबीच सोमबार भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुखबीच भेटवार्ता भएको हो । भेटमा दुबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्दै एकाअर्कासंग सहकार्य र साझेदारी गरेर अघि बढने बिषयमा छलफल भएको छ । नगर प्रमुख पौडेल … Read more

मधेस: टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

धनुषा, वैशाख २५ गते । धनुषामा टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ४ जगदेव पुलमा सोमबार टिप्परमा मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् । यादवलाई ढल्केबर अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका … Read more

ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, वैशाख २५- राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन … Read more

सुन र हीरासहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

पर्सा, वैशाख २५ गते । पर्सा जिल्लाको विरगञ्जबाट सुन, हीरालगायत विभिन्न पत्थरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटस्थित सडकखण्डबाट भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल निवासी ४५ वर्षीय बुद्धदेव मैती रहेका छन् । … Read more

अमेरिका पठाइदिन्छु भन्दै साढे ३ करोड ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, वैशाख २५– अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ। पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगायतको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध … Read more