नेपालले आज ओमानको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने … Read more

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म … Read more

इजरायलको आक्रमणबाट लेबनानमा ४९२ जनाको मृत्यु

काठमाडौं, असाेज ८- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६ सय ४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ । घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको … Read more

आज गते मंगलबार यस्तो छ तपाईको राशिफल, २०८१ साल असोज ८

असोज ८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । जोशजाँगर पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । … Read more

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री ओेली र मोदीबीच आज भेटवार्ता भएको हो । उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा … Read more

नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौं, असोज ७- नेपालले आइसिसी विश्व कप लिग–२ मा लगातार तेस्रो पटक हार व्यहोरेको छ । आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर … Read more

आज सोमवार यस्तो छ तपाइको राशिफल, २०८१ साल असोज ७ गते

असोज ७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग … Read more

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको … Read more

करेन्ट लागेर बाराको कोल्हबीमा जंगली हात्तीको मृत्यु

बारा, असोज ६ गते । बारा जिल्लाको कोल्हबीमा एउटा जंगली हात्ती मृत भेटिएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ भलुआईखोरमा धान खेतमा लगाइएको करेन्ट लागेर आइतबार बिहान हात्तीको मृत्यु भएको हो । बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो … Read more