सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

असोज १९ गते । वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री … Read more

आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असोज १९ गते

असोज १९ गते । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग … Read more

पर्यटकीय नगरी सौराहामा थपियो ‘युआर अटोमेटिक लण्ड्री’ को सेवा

असोज १८ गते । बाराको सिमराबाट सुरु भएको युआर अटोमेटिक लण्ड्रीको सेवा पर्यटकीय नगर सौराहमा समेत विस्तार गरिएको छ । चितवनको रत्ननगर नगरपालिका ६ सौराहामा लण्ड्रीको सेवा विस्तार गरिएको हो । झण्डै एक करोडको लगानीमा स्थापना गरिएको लण्ड्रीको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीेले उद्घाटन गरेका हुन् । उद्घाटनमा सौराहास्थित होटल संघका प्रतिनिधि, … Read more

पूर्वराजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं, असोज १८- पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका … Read more

यी प्रदेशमा आज हल्कादेखि भारी वर्षा हुने सम्भावना

काठमाडौं, असोज १८- देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई … Read more

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौँ, असोज १८- हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको … Read more

तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं, असोज १५- सरकारले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी … Read more

कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा … Read more

आजको राशिफल: २०८१ असोज १५ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ असोज १५ गते मंगलबार ई.सं.२०२४ अक्टोबर ०१ नेपाल सम्बत ११४४ ञंलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चर्तुदशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५६ बजे, सूर्यास्त साँझ ०५: ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह … Read more

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ … Read more