जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा

बारा, पुष ५गते । बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा … Read more

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौं, पुस ५- सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज (बिहीबार) शितल निवासमा शपथ लिएका हुन्। सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, पुस ५- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने … Read more

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुग्यो

इजरायल, पुस ५– गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबिच वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा पछिल्लो२४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको … Read more

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको … Read more

यस्तो छ तपाईको आजको राशिफल, २०८० साल पुस ५ गते बिहिबार

पुस ५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भगवानको आशीर्वादले भने काम बन्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक … Read more

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु

सुर्खेत, पुस ५- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया … Read more

भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन, पुस ४- भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् । गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको … Read more

दूरसञ्चार प्राधिकरणले एनसेललाई पठायो लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र

काठमाडौं, पुस ३- एनसेलले सरकारलाई सेयर खरिद सम्झौतापत्र पठाउन आलटाल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईपटक पत्राचार गर्दा पनि एनसेलले आनाकानी गरिरहेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । एनसेलले दुईपटक नै सम्झौता पत्र नपठाई टालटुले जवाफ दिएपछि सोमबार प्राधिकरणले कारबाही गर्ने चेतावनीसहित तेस्रो पत्र पठाएको छ । उनले भने, ‘हामीले सोमबारसहित तीनपटक एनसेललाई खरिद सम्झौतापत्र (सेयर पर्चेज … Read more

यस्तो छ तपाईको आजको राशिफल, २०८० साल पुस ३ गते मंगलवार

पुस ३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन … Read more