१२ जिल्लामा बाढी-पहिरोमा परी ९ जनाको मृत्यु

काठमाडौँ, असोज १२- बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ। शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी पहिरोले क्षती पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अहिलेसम्म … Read more

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका … Read more

आज विश्व पर्यटन दिवस मनाइदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति … Read more

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारको विरोधमा  उजुरी दिने अवधि मिति … Read more

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रहेको छ। बागमती, गण्डकी ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज … Read more

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा शाक्य सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री पत्नी  राधिका शाक्य पनि सहभागी भएकी छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्य सहभागी भएकी हुन् । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन रहेका राष्ट्रप्रमुख तथा कार्यकारी … Read more

दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौं, असोज ९- बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थान हल्का वर्षाभै रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया … Read more

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म … Read more

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री ओेली र मोदीबीच आज भेटवार्ता भएको हो । उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।