बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा … Read more

चितवनलगायत देशभर गएरातिदेखि वर्षा, आज दिउँसो यी प्रदेशमा पर्ने छ पानी

काठमाडौं, भदौ ५- चितवन लगायत देशका केही भूभागमा बिहानैदेखि भारी वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। पर्साको रंगापुर, टाँडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको छ। मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, … Read more

आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, भदौ ३- आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको र दिउँसो पनि धेरैजसो ठाउँमा मौसम नखुल्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । दिउँसो मधेश प्रदेशमा तुलनात्मक रुपमा … Read more

आज जनैपूर्णिमा, जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, भदौ ३ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल … Read more

परराष्ट्रमन्त्री डा. राणा आज भारत भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का … Read more

रक्षमन्त्रीसहितको टोली सोलुखुम्बुको थामेस्थित बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको … Read more

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । … Read more

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौँ, साउन ३१ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजेदेखि देखि लागू हुनेगरी गरी पेट्रोल र डिजेलरमटितेलको मूल्य घटाएको हो। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलरमटितेलमा पनि प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ७३ को मृत्यु

काठमाडौँ, साउन २८- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी आज साउन २८ गते दिउँसोसम्म एक सय ७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, … Read more