सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

बारा, पुष ३ गते । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य … Read more

बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

बाँके, पुस ३– बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नं.को पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । … Read more

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

भरतपुर, पुस ३- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा … Read more

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, पुस २– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ … Read more

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरे

चितवन, पुस १ – चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् … Read more

एक सातामा ३४ अंक घट्यो नेप्से

काठमाडौं, पुस १- केही समयदेखि निश्चित बिन्दुमा तलमाथि गरिरहेको (साइडबेज मुभमेन्टमा) नेप्से परिसूचक १८६८ को न्यून बिन्दुबाट बढ्ने प्रयासमा देखिएको छ। तर, अझै पनि नेप्सेको दिशा स्पष्ट नभएको प्राविधिक विश्लषणहरूले देखाउँछ।गत साता भने बजार परिसूचक नेप्से ३४.६८ अंकले घटेर १८८२ मा बजार बन्द भएको छ। सातामा कारोबार रकमका समेत ११ प्रतिशतले घटेको छ। अघिल्लो साता … Read more

जीतपुरसिमराको निर्णय : सटरको धरौटी फिर्तादेखि करार कर्मचारीको छानविन सम्म

बारा, मंसिर २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको पाचौ बैठक बिहिबार सम्पन्न भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले करारमा रहेका कर्मचारीको म्याद थप तत्काललाई मंसिर महिनासम्म गर्ने निर्णय गरेको छ । मंसिर महिनासम्मको लागी करारमा रहेका कर्मचारीको म्याद थप गरी तलब भत्ता खुवाउने निर्णय … Read more

परालले छोपेको अवस्थामा बारामा एक युवकको शब फेला

बारा, मंसिर २९ गते । बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० निवासी २२ वर्षीय सुरज साह कानुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको अनुसार तारले खुट्टामा … Read more

बाराको कलैयामा रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

बारा, मंसिर २९ गते । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिदेश्वरमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने लालबाबु दासको २१ वर्षिय छोरा सुरेश दासको शव फेला परेको बारा प्रहरीले जनाएको छ । आज बिहान करिव ६ बजेको समयमा स्थानियहरुले रुखमा झुन्एिको अवस्थामा दासको शव हेरेको थिए … Read more

कांग्रेस नेता पौडेललाई जापानले सम्मान गर्ने

काठमाडौँ, मंसिर २९– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मान गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड … Read more